साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- रुष्ठ प्रकृतिले रुवायो आमैलाई

Chovar Blues Mobile Size
लोकनाथ शर्मा (असम)

आयो हुरी

उडाई लग्यो सारा

घरबारी भन्नु केही रहेन

उम्रिएका मात्रै थिए बिरुवा

आशा पलाएको मात्रै थियो

sagarmani mobile size

मनको फूल रङ्गाई नभरी झऱ्यो

चकनाचुर भए सपना देख्ने दुई आँखा ।

 

ऊ….. हेर, सानी आमैको पसल

आमैको सास बोकी बसेको थियो

हाँसो खुसी सबै त्यही पसलको चारदिवारभित्र

सजाइराख्नुहुन्थ्यो आमैले ।

 

कत्ति आए हेर्न व्यथा आमैको

बुझाउने कसले, भन्नु के

आमैका आँसु पिलपिल टल्किएका छन्

मनको भारी पोख्ने

पोखरी पनि सुक्यो ।

 

आउनेहरू भन्छन्-

दैव कत्ति निष्ठुरी !

कसलाई बुझाउनु यहाँ

आमैलाई हेर्दा मन पोल्छ

बुझ्दैन मन अरूको

त्यो अर्थहीन कुराले ।।

 

प्रकृति विनास गरी

उदाङ्गो पाऱ्यौ

साम्य छैन परिवेश

हरियाली बेचेर

किन्यौ आफ्नो खुसी ।

आज रुष्ठ प्रकृतिको रुद्र रूप

भोग्नुपऱ्यो बिचारा आमैले ।

प्रतिक्रिया
Loading...