कविता : भिजेको टोक्री अनि चियाको स्वाद

आशिक छेत्री (दार्जीलिङ)   

बाध्यताको बतासले

आकांक्षाहरुलाई पनि

त्यसरी नै उडाउँछ होला

जसरी उडाउँछ सुक्खा पत्तालाई ।

चरा जस्तै उड्नु र

सुक्खा पत्ता जस्तै उडाइनुमा

फरक छ

धेरै फरक छ

म स्वतन्त्र चराको कविता होइन

त्यो सुक्खा पत्ताको कविता कोर्दैछु ।

 

भिजेको टोक्रीको कथा

साझमा भान्साघर माथि उड्ने

चुल्हाको धुवाले बताउँछ

तर त्यो धुवालाई क्षणभरमै

आकाशले निलेको देख्दैछु

जसरी कमानेको व्याथा- पिढा , गुनासो

ठाउँमा पुग्दा नपुग्दै

खबरबाट ,मुद्धाबाट हराएको देख्दैछु

र त म

बिशाल आकाशको कविता होइन

त्यो हराएको साझको धुवाको कविता लेख्दैछु ।

 

म चियाको स्वादको होइन

चिया उमार्नेहरुको विषादको कुरा लेख्दैछु ।