लक्ष्मीकान्त पौडेल
ऊ
सगरको कालो छिद्र हो,
जहाँ सङ्घर्षका रहस्यहरू दबिएका छन् ।
सागरको गहिराइ हो,
जहाँ सफलताका एकलासहरू कैद छन् ।
उराठ हिउँद हो, ऊ
कपाउँछ स्वेच्छाका शरीरहरू
न्यानो प्रभा हो
फुकाउँछ कुण्ठित गाँठाहरू
ऊ
त
त्यो बादलजस्तै रहेछ,
ठ्याक्कै उस्तै
बुझ्नै नसकिने ।
कति बेला
आँसु बनेर बर्सिन्छ
कति बेला
हर्ष बनेर उज्यालिन्छ
भन्नै नसकिने।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला