तिम्रो गर्भाशयमा बसेर
मैले कति सङ्घर्ष गर्नुपऱ्यो
युद्ध लड्नुपऱ्यो
बाहिर आउनका लागि
म जन्मिनुभन्दा अघिल्लो दिन
तिमीले आँप खाएकी थियौ
कटहर खाएकी थियौ
यस्तो गर्मी हुने फल खाएर पनि
किन मेरो खुन तातेन ?
एउटा सिपाहीको वीर्यबाट
म जन्मिएको हो म
आज आमासँग गुनासो छ
आज पनि म सुरक्षित छैन
यो धर्तीमा सिर्फ चुनौती मात्र छन्
देशका लागि लड्नु छ
युद्ध गर्नुपरेको छ जताततै
भ्रष्टाचार, बलात्कार मात्र देख्छु
मेरो मन कति दुख्छ, पीडा कति हुन्छ
जब म अखबारको पानाबाट
यस्तो खबरहरू देख्दछु
त्यसैले आज म
बलभद्र हुन चाहन्छु भीमसेन
हुन चाहन्छु देशको
सच्चा राष्ट्रसेवक बन्न चाहन्छु
हो यतिखेर म कमजोर हुने छैन
मेरो खुन पनि तातिन सक्छ
जो देशद्रोही षड्यन्त्र रच्नेहरूलाई
म छाड्ने छैन हो आमा त्यसैले
म बहादुर बन्न चाहन्छु आमा ।
बिर्तामोड, झापा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला