रूपक अधिकारी

सफा आकाश अनि समयको उडान

यात्रा सङ्घीय राजधानीदेखि प्रदेश वान
बुद्धको जहाज र म
बादलमा मात्तिँदै
हावासँग बत्तिँदै
आकाशमा फनफनी घुम्दा
एकछिन त केही जस्तो लागेन
तर जब मेरो प्लेनको ड्राइभरको केही लागेन
तब लाग्यो – मृत्यु निश्चित छ
होस्टेस नआँत्तिन भन्दै थिइन्
तर उनका आँखाका आँसुले उनकै बात मानिरहेका थिएनन्
म मृत्युको मुहार हेर्दै
आफन्तका डाको कल्पना गर्दै थिएँ
ए मेरो प्लेनको ड्राइभर तिमी मेरो दोस्रो आमा हौ
जिन्दगीको ड्राइभर हौ
अब कसरी तिरौँ यो गुण
तिम्रो छातीमा मेरो ओठ पनि त परेको छैन
तिम्रो योनिको तापले मलाई शीतलता पनि त दिएको छैन
तर मेरो आज फेरि जन्म भएको छ
यही भूगोलभित्र
हावाको काखबाट ,
मृत्युको नाकबाट ,
अग्निको कानबाट
हैन ! यो सबैभन्दा पर तिम्रो आँटबाट ।