भारी संकट देखियो मनुश्यजनमा अत्याशको प्रहर ।
सारा मानव थुनिए भित्र घरमा चकमन्न छन् सहर ।।
सभ्यतानै बिलाउने हो कि भनी चिन्ता बढेको झन् ।
खुल्दैछ प्रकृति भने निर्भय बनी ल्याउँदै पुरानैपन ।१।

घुम्दैछन स्वतन्त्र भै कोइली वनका पाखा पखेरा सब ।
पानी निर्मल भई पबित्र नदी छन् चारै तिरका सब ।।
नाच्दैछ्न् च्याँखुरा मयुर वनका खुसी उमङ्गै भरी ।
प्रफुल्ल छन् झनै हिमाल चुचुरा हषौँउल्लासै गरी ।२।

खुसी छन् गण्डकी पवित्र जलकी काली र सेती भेरी ।
नाच्दैछन् पुतली स्वच्छ्न्द मन लिई शान्ती मिलेझैँ गरी ।।
झुल्दैछ्न लहरा पबित्र बनका मान्दै ठूलो रहर ।
फोहोरका डङ्गुरमा निसास्सी बसेका मुक्तै भए सहर ।३।

धूलो धूवाँ र बिषाद ग्यासले आक्रान्त थियो धरा ।
रोकिँदा सब बिशाक्त गतिविधी भएछ हराभरा ।।
बड्दो प्रदुषण चुनौती विश्वमा थप्दै थियो दिन दिन ।
आफ्नै कारणले बिनास रोजेको बुझ्दैन मान्छे किन ।४।

श्वासै बन्द हुने भएछ मनमा कोरनाको कहर ।
निस्प्राण भई सुते सरह छन् व्यस्तै हुने सहर ।।
कस्तो अनुुभूति गर्न मिलेछ अहिले कोरोनाका खातिर ।
जित्ने प्रकृति हो जहिले जसरी बुझ्दैछु म आखिर ।५।

के गर्ला फेरि मानव अलि पछि पनि सिद्धिएमा कहर ।
साँच्चै प्रकृति सिंङ्गार्न उद्धत हुने जन्मिन्छ कि रहर ।।
कि फेरि मानव तयार हुने पो होकी लुकी बस्न कंदर ।
कि बुझ्ला धरणी मन्दिर हो भनी पार्नु छ झन् सुन्दर ।६।