१. हे कवि
नमन छ तिमीलाई
यहाँ कहीँ कतै केही
असरै पर्दैन ….. सुन तिमी
तिम्रो अह्वान को !
खुब तड्पिन्छौ तिमी
जब जातिलाई चोट लाग्छ
जब देश रुन्छ
तिमी पनि रून्छौ
तर पर्दैन असर
तिम्रो अह्वानको….
हे कवि नमन छ
तर पनि मेरो तिमीलाई ।
दिउँसै हत्या गरिन्छ !
न्यायालयको अघि नै जब
बलात्कारीको रिहाय
देख्छौ पीडिताको सजाय
तिम्रो मनले आन्दोलन गर्छ
मसीले आगो बाल्दछ
स्वाधीन देशमा पनि
पराधीनतको बोध आउँछ !
तब तिम्रो दिउँसै हत्या गरिन्छ
तर पनि कसैले देख्तैनन् !
प्रश्नचिह्नहरूले हल्लाउँछ तर पनि
उपेक्षित बन्दछौ तिमी
आज पनि .. किन होला ?
भन .. सोधेँ मैले ?
प्रेम किन उम्रिँदैन ?
कीडा लग्दछ !
मसीबाट तिम्रो
आस्था र विश्वास
परै भाग्दछ तिमीलाई
देख्दा .. हे कवि
कतै मैले नजानेकै
होला कि ?
तर पनि नमन छ
हे कवि तिमीलाई !
२. ऐँजेरु (रम्बास कविता)
त्यो
बत्ती
बल्दैन !
त्यहाँ आज
ऐँजेरु लाग्यो।
मनभरी सबै !
कालै भयो सबै नै ।
देखियो बाह्यिकमात्रै ।
तर मनको भित्र लाग्ने
देख्तैनन् है ऐँजेरु कसैले !
यो भेदभाव घिन लाग्ने,
यो रूढि मनको कस,
रहन्छ कबसम्म ?
अन्धविश्वास हो
कलङ्कसरी ।
भ्रूणहत्या
कन्याको
कि न
छ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।