रात
अन्धकार चिरेर चम्केका ताराहरू
अनि तिनै ताराहरूको बीचमा बलेको
जूनको गर्विलो अनुहार बोकेर
अचेल आउन थालेको छ सपनामा
मेरो सपना नदेखि निदाउने चाहनाको
विरोधमा उभिएर हरेक राति
यसरी रात
उज्यालो बोकेर सपनामा उदाउँदा
मेरा अरू सपनाहरूमा जस्तै म
खै किन हो झस्किएर
बिउँझेकी छैन आजसम्म
त्यसो त मैले
राति कौसीमा निस्किएर
आकाशतिर नहेरेको पनि धेरै भयो
यद्यपि सन्ध्या आरतिलाई छोड्न
म असमर्थ छु
न त जून
मात्र मलाई उज्यालो दिन उदाउँछ
न ताराहरू मलाई लिन आउँछन्
तर पनि मैले
कहिले जून कहिले तारा भएर
हरेक राति रातमा सम्भावनाहरू देख्न थालेकी छु
देखेर उज्यालो सपना।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला