साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कुरोको चुरो

कविता

बुद्धको जन्मभूमिमा शान्ति छैन
सर्वोच्च शिखरमा पर्यटक छैनन्
मन्दिरै मन्दिरको देशमा असल भक्तजन छैनन्
लडाकुको देश छ तर सिमा छैन
जलस्रोतको धनी, स्वच्छ पानी छैन
कृषिप्रधान देश तर अभाव छ अन्न
प्रत्येक घरमा नेता भएको देश तर केही छैन ।

सबै छ अनि सबै छैन
गर्ने के र भन्ने कस्लाई ?
हामी भेडाको मगज छैन
कुरा गरेरै अघाउँछौँ हामी त,
काम गर्ने बानी नै छैन
त्यस्ले दिन्छ कि उस्ले दिन्छ,
दिन त एउटाले पक्कै दिन्छ
नलिई पनि भएन
त्यसको बदलामा नदिई पनि भएन ।
दिने के भन्दा त्यही पानी हो,
त्यही युवाको जवानी हो,
अनि नदेखिने भूमि हो।
उनीहरुले दिएपछि आफूले नि दिनै परो,
वास्तवमा भन्नुपर्दा कुरोको चुरो यही पर्यो ।

मोरङ

प्रतिक्रिया
Loading...