अमित संग्रौला

म एउटा सिङ्गो युग हुँ
जहाँ संसार बदल्ने मुटु छ
सबै परिवर्तन भएर जानेछन्
बदलिनेछ अनायास सृष्टिको नियम
झरीपछिको आकाशझैँ
खुलेर हाँस्नेछ मौसम
प्रकृतिले पनि हतार-हतार गर्नेछ
एउटा नयाँ दिन देख्नका लागि
हो यस्तो दिन आउनेछ
सबै मानव हृदयमा पवित्रता छाउनेछ
त्यसका लागि,
आऊ अब नयाँ क्रान्ति गरौँ
पवित्र क्रान्ति पवित्र ठाउँबाट नै
कति धेरै सङ्घर्ष  गर्नुपऱ्यो
देशमा बसेर शान्तिका लागि
युद्ध लड्नुपऱ्यो क्रान्तिकारी बन्नुपऱ्यो
अब,
मनमनै सङ्कल्प लिऊँ
देशमा नयाँ परिवर्तन हुँदै छ
शिक्षित बन्नेछन् भ्रष्टाचार हट्नेछ
भ्रष्ट मनुष्यहरूको छाया हटेर जानेछ
मेरो देशमा झलमल बत्ती बल्नेछ
मत एउटा युद्धा हुँ नयाँ युगको
यो मुटुभित्र संसार बदल्ने साहस छ
फेरिनेछ सबै-सबै
मान्छेका अहं र नीच सोचहरू
सबै मानव जातीहरूमा
प्रेम आत्मीयता भाइचारा बढेर जानेछ
यो युगले खोजिरहेको छ
नयाँ परिवर्तन नयाँ क्रान्तिको
आशा गरिरहेको छ त्यसैले म भन्दै छु
यतिखेर एकदिन त अवश्य
फेरिनेछ एउटा युग ।।

 बिर्तामोड