कविता- हत्यारा श्रीमान्


कुरुर हिम्स्रक जत्तिकै बनेर
आसनकी अनाथ एक नारी
बचेरालाई जो दूध स्तनपान
गरा[रहेकी थिई ।

एकाएक आक्रमण गरेर
भयङ्कर विश्व युद्ध
विजय गरेको आभास गर्दछ
श्रीमान् होइन ऊ
ऊ एक हत्यारा र अपराधी हो ।
आफ्नै श्रीमान्
श्रीमान् रहँदैन त्यो क्षण
थोरै पिएको भरमा
दुस्मनजत्तिकै
आँखा देखाउँछ
लछारपछर गर्छ
सकुन्जेल कुटपिट गर्छ
हात हाल्छ
गालीगलौज गर्छ
खुकुरी देखाउँछ
चक्कु देखाउँछ
घिसार्छ
कोठाको छेउ लान्छ
दैलानेर लान्छ
फेरि कुट्छ
श्रीमती प्रतिकार नगरी
पतिभक्त भएर चुपचाप बस्छे
बरु ज्यान जोगाउन भाग्न खोज्छे
फेरि नजिक आउँछ
र दुस्मन बनेर जिगल्टो समाउँछ
फनन घुमाउँछ
मानौँ ऊ यसरी आएको छ
कुनै बाघलाई सिकारीले
बन्दुकको गोली हानेर
घाइते बनाएर रगत चुस्न
तम्सिरहेको छ
रगत पिउनकै लागि बार-बार
सिकार गर्न खोज्छ
चिच्याउन, कराउन, बोलाउन, गुहार माग्न
नदिएर फेरि बन्द कोठामा थुन्छ
र मरासन्न कुटपिट गर्छ
श्रीमान् होइन ऊ
एक खुङ्खार हत्यारा र अपराधी हो ।
आफ्नै घर भत्काएर खै
कुन विशाल युद्ध विजय
हाँसिल गर्दै छ ऊ
लाग्छ ऊ यस्तो शक्तिशाली छ
जसको जिन्दगी कहिल्यै रित्तिन्न
ऊ अजर छ
कि ऊ कहिलै मर्दैन र त
ऊ आफ्नै बच्चाबच्ची र श्रीमतीलाई
मारिरहेको छ
छैन अझैसम्म पनि कुनै कानुन
अपराधीलाई हतकडी लाएर
बर्सौँवर्षसम्म जेलको कोठरीमा
बाँस बसाउने
बच्चाहरू हुर्किन पाएर जवान बनून्
र बुढो हुँदा भनून्
त त्यही अपराधी बाउ होस्
हाम्री आमालाई त्यो रातमा कसरी कुटिस्
बाउ तिमीले कुन संस्कार दिलाएका थियौँ ?
हामी पनि उस्तै हत्यारा बनेछौ
तिम्रो हत्या र अपराधको बदला
एक-एक गरेर चुक्ता गर्छौँ
तिमी बाउ होइन
एक खुङ्खार हत्यारा र अपराधी हौँ ।
दाङ घोराही