नदीका नदी रगत, पसिना
घर परिवार, अंग प्रत्यङग, सपना, विपनाहरु गुमाएर
घरघरमा दिप, आशा उमंग सपनाहरु बालेर
ल्याएको संविधान
आशा, सपना, समानता, स्वमन बोकेको
संविधान
विदेशीले तुइनकाटी नेपालीको ज्यान लिदा
घोर अन्यायमा परि बाकसमा फर्किदा
उपचार नपाएर, उपचार गर्दा पैसो तिर्न नसकेर
लास जमानी बस्नु पर्दा
संविधान बोल्दै वोलेन
हर दिन
बडाहरुका बचनहरु उखुम घाममा आनन्द मानेर सुनेर
जहाँ भन्यो तेही स्वस्तिक छाप मारेर
बर्षौ सम्म एक कप रोजगारी माग्दा
एक सरो धोती माग्दा
पाखुरी र पसिना बगाउन माग्दा
विदेशी भाषा र पासपोर्ट दिए
तर संविधान बोल्दै वोलेन
कतिऔ संविधान दिवस मनाए रे

अनन्तकुमार श्रेष्ठ
तक्माका तक्मा पनि बाडे रे
बडा बडा मन्च बडा बडा भाषण
बडा बडा मुन्छेहरु सबैले संविधान गाए रे
खै मन्जे विक दाईलाई
फाटेको टोपीसंग आँगन बाहिर टुक्रुक्क बस्न भनिएकै छ
सके थात थलो नसके आफू बेचिएर
लालाबालाको दस्तुर विद्यालय महाविद्यालयले मागेकै छन
अखवारमा बलात्कृतलाई न्याय दे
भन्ने खबर घटेकै छैन
एक पेट खान नपाएर मन्दिर, मस्जिद, गिर्जाघरमा
बस्नेको ताती बढेकै छ
बडे बडे मुन्छेहरुलाई
औषधी, हवाइजाहजका लाइनका लाइन चलेकै छ
धेरै चोटी
बोल्नुस न भने
ढोेगे, रोए, अनसन बसे
खै कति औ संविधान दिवस मनाए रे
बोल्छन कि भने
संविधान बोल्दै बोलेनन
बोल्दै वोलेनन संविधान



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
