मधुप्रसाद घिमिरे

तिमीले  इन्द्र जाल फिँजायौ

र त म तिमीतिरै तानिएको हुँ ।
भत्काइए सपनाका धरहराहरू
अनि बनाइए आँसुका पोखरीहरू
जहाँ एउटा  निर्दोष मानवमाथि
लगाइए आरोप र प्रत्यारोपहरू ।
अमानवको भिडमा मानव
भेट्टाउन  गाह्रो  भएपछि
त तिमीले मलाई आफूतिर तान्यौ।
र लगायौ कर्तुत अनि काला
मेटाउन  नसकिने  आरोपहरू ।
तिम्रो त्यो रूपमा मलाई आकर्षित गर्‍यो
अनि म पग्लिए नौनी  पग्लिएजसरी
तिम्रा  ती पुराना  कुराहरू  मनमा
आइरहन्छन् अनि भन्छन्
अब छाडिदे ती आशका धरहराहरू ।
खुशीमा पनि बेखुसीका समाचारले
घरिघरि यो मुटु दुखाइरहन्छ
अनि आकाशमा  बादल मडारिएजसरी
यो  मनमा मडारिरहन्छन्
तिम्रा आश र भरोसाका दीपहरू ।
   गुल्मी