भन्छन्, चाहेपछि
मायाले मायाको स्वरूप निर्धारण गर्दछ
अर्कोतिर, यसो पनि भन्छन्
जोडी त माथिबाटै जोडिएर आउँछ
जसलाई मन परायो या जसले मन परायो
अझ भनौँ, जो आफ्नो भयो
उही दैवले जुराएको जोडी
गफ लाएको नभन्नू, जस्तो भए नि
आखिर जोडी दैवले नै जुराएको हुन्छ ।
पीपलको बोट सँगसँगै जोडिएको वरको बोट
वरपीपलको जोडी
एउटा चिप्लो, अर्को खस्रो
त्यै भएर होला जोडी आगो भए, जोडी पानी हुनुपर्छ भनेको
दुरुस्त उल्टो,
तर पानी पानी चाहिँ कहिल्यै हुनुहुन्न
देखेका छौ भँगेराका जोडी नबाझी बसेको ?
माया हुनु थ्यो र त माया भयो त
तिमी सँगै हुनुथ्यो र त तिमीसँग भयो त !
हजारौँ थिए ओठहरू
समूहमा राताम्मे फुलेका
कद कदका, छाँट-छाँटका
तिम्रै छेऊ किन आइपुगेँ
माया हुनुथ्यो कि माया थ्यो पहिला
आजसम्म द्विविधा छ ,
बेहोस भएर होस् हराएको कि होस् हराएर बेहोस भएको
एकैचोटि भएको त पक्कै होइन
केही लक्षण त अवश्य देखियो होला
आँखा, मन र मुटुमा
धेरै कम हुन्छ यस्तो जहाँ माया भएर होस्
नत्र त सब थोक भएर हुन्छ माया
अनि भनिन्छ, माया होस् त यस्तो होस् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला