साहित्यपोस्टको पोर्टल म्यागेजिनमा विगत एक वर्षदेखि प्रत्येक बिहीबार विश्वभरि छरिएर बसेका नेपाली कविहरूको पोस्टरकविता प्रकाशमा ल्याइराखेको छ। साहित्यमा कविता विधालाई नै बढी अपनाएको देखिन्छ र यो बढी लेखिन्छ र पढिन्छ पनि। कवितामा विभिन्न प्रयोग पनि हुँदै आइराखेको छ। नेपाली कविताको गरिमा अहिले निकै माथि पुगेको अवस्थामा छ। छोटोमा आफ्नो अभिव्यक्ति राख्ने यो एउटा सरल माध्यम पनि हो।
पोस्टरकविताले कविहरूको कवितालाई पोस्टरमा सजाएर राख्नुपछिको उद्देश्य हो, यसको सौन्दर्यबाट साहित्य र कलाबोध गराउने साथै असाधरण पाठकलाई पनि कविताको मोह लाउने हो।

पोस्टरकवितालाई बन्द गर्ने ठानेका हौँ तर धेरै पाठकहरूले यो स्तम्भलाई बढी माया गर्नुभयो र यसमा कविता पढ्न रूचाएपछि हामीले धर पाएनौँ। आफ्नो व्यस्तताले र कतिपय कारणले ठप्प गर्नु ठीक रहला सोचेका थियौँ तर नेपाली कविताप्रेमी र पाठकहरूको चाहनालाई रद्द गर्न सकेनौँ। म आफैँ पनि पोस्टरकविता श्रृंखला ४९ मा काम गर्दागर्दै बिरामी भएर थलिएँ । त्यसपछि यो रोकियो र धेरै पाठक कविहरूले म्यासेज र कल गरिरहनुभयो।

अब भने पोस्टरकविताको ५० औँ शृंखला लिएर नेपाली पाठकहरूबीच हामी यसलाई निरन्तरता दिन फेरि आएका छौँ । तपाईँहरूको सहयोग र माया साहित्यपोस्टको यो स्तम्भले पाइरहोस् । सुन्दर कविता र सृजनालाई हामी सधैँ प्राथमिकता दिनेछौँ।

यस पटक पढ्नुहोस् १६ कविहरूका उत्कृष्ट कविताहरूः

आफ्ना छोटा कविताहरू ravirodan88@gmail.com मा मेल गर्नुहोस्ः