
टिका रेग्मी
भुमरीमा पऱ्यो जीवन
कता पुग्ने हो ?
कालो बादल शिरमा घुम्छ
कहिले खुल्ने हो ?
भुमरीमा पऱ्यो जीवन कता पुग्ने हो ?
भत्कियो कि धर्ती मेरो ?
भास्सिरहेछु
आस्था सबै टुक्री गए
निराशमा छु
भुमरीमा पऱ्यो जीवन कता पुग्ने हो ?
भूगोल मेरो पहिरो गयो
पाइला कता टेकौँ म ?
बाँच्ने आधार सबै ढल्यो
दृश्य रित्तो देख्छु म
भुमरीमा पऱ्यो जीवन कता पुग्ने हो ?
ज्वालामुखी भित्र म छु
लाभारूपी जीवन
खरानी भै खाकमा छु
लज्जास्पद भो जीवन
भुमरीमा पऱ्यो जीवन कता पुग्ने हो ?
प्रसङ्ग: तालिबान नियन्त्रण



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
