ऊ विदेशी शैली अपनाउँछ
विदेशी गीतमा आनन्द लिन चाहन्छ
अङ्ग्रेजी हिन्दी फिल्म हेर्न रुचाउँछ
पिजा हिस्कीको स्वाद मन पराउँछ
विदेशी उत्पादनमा मात्र गुणस्तर देख्छ
डलर पाउन्डालाई मात्र पैसा ठान्छ
जिन्स टिसर्टलाई मात्र लुगा मान्छ
टाइसुट पेन्टसमा सजिन चाहन्छ
विदेशी उत्पादन मात्र उपभोग गर्छ
हिन्दी सिरियल पो सिरियल भन्छ
नवौपनिवेशिक मानसिकता भएको
भ्रमको खेती गरेर फाइदा लुट्ने
ऊ राष्ट्रवादी रे !

मोहन सिंह साउद

स्वदेशी उत्पादनलाई घृणा गर्ने
नाम स्वदेशी शैली विदेशी भएको
गुन्द्रुक ढिँढो खोले खान लाज मान्ने
दाउरा सुरुवाल टोपी लाउन लाज मान्ने
मातृभाषा र संस्कृतिको अपहेलना गर्ने
पहिचान खोज्दै विदेशी गीत घन्काउने
खेतबारी बाँझै राखेर आयातित खाने
कृषिखेती छाडेर डलर खेती गर्ने
पश्चिमा संस्कृतिको सिकोमा गौरव गर्ने
मौलिकता र स्वदेशी शैली तिरस्कार गर्ने
अङ्ग्रेजी शिक्षामा मात्र गुणस्तर देख्ने
ज्यान स्वदेशी पनमन विदेशी भएको
ऊ राष्ट्रवादी रे !

(सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी)