अम्बिका श्रेष्ठ

संविधानको धाराबाट पानि चुहिएर हो कि
हेर्नुस् त देश डुबानमा परेको छ
हिमाल, पहाड, मधेश सबै एकजुट हुनुपर्छ
चुहिएको धाराहरू मिलिजुली परिवर्तन गर्नुछ
प्यारो यो देशलाई स्वर्ग बनाउनु पर्छ ।

अम्बिका श्रेष्ठ

भोक मेटाउने आशामा
बेसहाराको सहाराको आशामा
भारीको बोझ हट्ने आशामा
ती गरिब जनता, भरियाहरूले
अनि पिँडीको डिलमा टोलाइरहेकी
ती बुढीआमा
खाडीमा जोतिएको प्यारो छोरो
फर्कने आशामा
दीप बालेर स्वागत गरेको संविधान
हाम्रो प्यारो देशको प्यारो संविधान

ए सिंहदरबार किन अलमल्लिएका छौ तिमी
किन खुट्टा कमाउँदैछौ तिमी
संविधानकै धाराबाट पानी चुहिएको देख्छु
हेर्नुस् त देश डुबानमा परिरहेको छ
हिमाल, पहाड, मधेश सबै एक जुट हुनुपर्छ है
चुहिएका धाराहरू मिलिजुली मर्मत गर्नुछ
प्यारो यो देशलाई स्वर्ग बनाउनुछ
प्यारो यो देशलाई स्वर्ग बनाउनुछ ।

काठमाडौं, धुम्बाराही