साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोरोना कहर

कविता

Chovar Blues Mobile Size

याैटी आमा धुरुधुरु रुँदै मृत्य शैया अँगाल्छिन् ।
बच्चा हेर्छिन् टुलुटुलु कठै अश्रुधारा खसाल्छिन् ।
यस्ताे पीडा किन थपिदियाै जिन्दगी हुन्छ गार्हो ।
काेराेनाले अतिशय गर्यो सृष्टि पार्‍याे अँध्याराे ।

……………………..१………………………

बूढा बाबा सकस मुटुमा प्राण राेक्दै सहन्छन् ।
आफ्ना सारा मधुर सपना दर्द भित्रै कहन्छन् ।
कस्ताे आयाे कहर नभमा काललाई हताराे ।
आसा मर्छन् रहर जिउँदाे सृष्टि खाली अँध्याराे ।

……………………..२………………………

काे तन्नेरी युवक युवती बालबच्चा भनेन ।
कैयौं ठूला शहर गतिला देशलाई गनेन ।
फाल्याे कालाे विष हृदयमा पस्नलाई चटाराे ।
लाखौं मान्छे टपटप टिप्याे सृष्टि रित्ताे अँध्याराे ।

……………………..३………………………

sagarmani mobile size

काेराेनाले जनधन सबै नष्ट मात्रै बनायाे ।
ताताे ज्वाला शितल दिलमा झ्याप्प मुस्लो खनायाे ।
आँखा चिम्ले सकस सहँदै प्राणले श्वास फेर्याे ।
धर्तीलाई अतिशय भयाे सृष्टि सारा अँध्याराे ।

……………………..४………………………

सारा प्राणी भयमय हुँदा सभ्यता हुन्छ त्रास ।
कैले हाेला भुवन भरमा दूरगामी निकास ।
हामी आफैं बिचलित भए लाग्दछन् तुच्छ जालो ।
काेराेनाकाे अब मिति पुग्यो सृष्टि झन् झन् उज्यालो ।

………………………..५……………………

छन्द: मन्दाक्रान्ता

प्रतिक्रिया
Loading...