एक्लो रहेको म,
फेरि एक्लो हुने भए ।
तर म याद गरिराख्नेछु ,
वाह ! क्या रमाइला दिन तिमीसँगका ।
अन्जान सहरमा,
दुई अन्जान,
र दुई अन्जानबिच भएको चिनजान ।
वाह ! क्या रमाइला दिन तिमीसँगका ।
दुई कप चिया,
दुई पिस समोसा,
अनि एक विषय कुराकानी ।
वाह ! क्या रमाइला दिन तिमीसँगका ।
मनका सपना,
अनि दिमागका निर्णय,
कस्ता-कस्ता बाध्यता तर
वाह ! क्या रमाइला दिन तिमीसँगका ।
छोटो समयको यो लामो सम्बन्ध,
छोटो जीवनको लामो भोगाइ,
आखिर छुट्टियौँ हामी,
वाह ! क्या रमाइला दिन तिमीसँगका ।
महेन्द्रनगर , कञ्चनपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला