जल्दै थियो
सुखहरु सँगै
दु;खहरु सँगै
खुसीहरु सँगै
रहरहरु सँगै
सपनाहरु सँगै
र बाध्यताहरु सँगै
गुन्जिरहेको सुमधुर संगितको
मिठो धुनहरुमा !

ऊ हराउँदै थियो
सुन्दर कविताको हरफहरु सँगै
संघर्षमय जिवनको आत्मकथा सँगै
युग अनुभवको पुस्तक सँगै
जिन्दगीका कथाहरु सँगै
एक तमासले बगीरहेको नदीमा
ऊ पनि बग्दै थियो खरानी भई

सुमन बिद्रोही

बेगले चलीरहेको बतासमा धुवाँ भई
ऊ बिलाउँदै थियो
उसको  शरीर सँगै
आगोको तातो रापमा
ऊ न्यानो अनुभुती गर्दै थियो
सबै चिजहरु जल्दै थियो
त्यो आर्यघाट थियो महोदय,