त्यो इतिहासको दबाइएको पाटो थियो
जुन लेख्दै लेखिएन सुनाइएन
अनि कहिलै पढिएन
( युद्ध जितेपछि बानरहरू )२ लुट्न धुत्न व्यस्त भए
लाग्थ्यो जितका भागिदार एक्ला एक्लै थिए
लाग्थ्यो युद्धमा हारेका सिपाहीहरूको निर्मम वध जरुरी थियो
बचेका सग्ला सहयोद्धाहरूको अङ्गभङ्गता जरुरी थियो
( त्यो जितपछि ) २ अग्रगतिको कुनै आवश्यकता थिएन
अरूलाई चिथोरेर निचोरेर राज गर्नु अन्तिम सत्य थियो
( मानौँ शासकको असली नश्लता उसकै जिनमा मात्र थियो ) २
रङ्गीबिरङ्गी र फिरङ्गीहरू
चमेलीको बास्नाले एकाकार भएका थिए
जहाँ निष्ठा अगुल्टाको रापमा परेको थियो
माहुरीहरू माकुराको जालमा परेका थिए
( र झिँगाहरू मह निकाल्ने नक्कल गर्दै थिए ) २
जितेर ल्याइएकी सीतालाई
अछुत भनी कोटरीमा खाँदिएको थियो
गेरु वस्त्रभित्र भयङ्कर कायरता छोपिएको थियो
( तर निन्द्रा उघ्रिएपछि ) २
आफ्ना आफ्नाजस्ता थिएनन्
पराई आफ्नाजस्ता थिएनन्
त्यो जुनेली रात पनि फिक्का फिक्का थियो
आफ्नै विगतले पुर्पुरो समाइएको थियो
“समाप्त”
दमक – झापा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।