साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कविता- बालाई पुच्छर आमालाई टाउको

 

राजेन्द्र सेन्चुरी

मित्र,

राजेन्द्र सेन्चुरी

आज फेरि ढालियो रातो लोकल भाले
सधैँभरि खाने गर्थे त्यसको टाउको बाले
तर,
आज ख्वाइयो बालाई पुच्छर आमालाई टाउको
छोरा मान्छे ठूलो भन्ने भ्रम ढालियो बाउको
अनि,
बाले पछि खाने आमालाई आज सँगै ख्वाइयो
जुठो लोटाइन् आमाले भाँडा बाबाट ध्वाइयो
अचम्म
खै त, अझै ज्युँदै छन् त बा पुच्छर खाएर नि
अनिष्टै भो भन्ला समाज डराउँदिनँ म नि
पख्नुस्,
टाउको पुच्छर साटियो अब साट्टिन्छन् धेरै कुरा
बा र आमा बराबरी, बल्ल रहर पूरा !

प्रतिक्रिया
Loading...