

समयको निहुँ खोजी दुरी बढाएकै हौ तिमी,
भित्रभित्रै रेट्ने गरी छुरी बढाएकै हौ तिमी
मेरा दिनहरुको हाल सोध्छौ तिमी कठै,
चिसै मेरो चुल्हो रहँदा मुरी बढाएकै हौ तिमी।
अन्तर राखेर बीचमा धुरी बढाएकै हौ तिमी,
मेरो नाडी खाली कसैको चुरी बढाएकै हौ तिमी
यो भयानक महामारी त के हो र मेरा लागि ?
व्यथा निभ्नै नदिने हुरी बढाएकै हौ तिमी।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू