मेरो कति सुनौलो र सम्म जीवन थियो
मानिसले मेरो जिऊ भरी घाउ लगाए
डोरीको अल्झाइमा फेरि मलाई
चारैबाट चोटिल अवस्थामा फसाए ।
म निस्कन खोजें, उम्किन खोजें
तर बाटो र हल कतै भेटिन
लाग्यो यही डोरी र पीडाको उल्झनमा
गयो मेरो जीवन मेटिन।
यति मात्रै कहाँ,
मलाई बाँधेको डोरीमा
कति समस्या मेरो अघि फसाए
मेरो चोटिल जिउबाट
वेगमा समस्यालाई कसाए।
कति चोट र समस्याले
बारम्बार मलाई रूलाए
तर पनि म लर्बरिँदै अघि बढें
चोट र समस्यालाई भुलाएँ।
आज मेरो जीवन पिरबाट कटो
पर बसेर म हेर्छु, ताक्छु
तब खुसी र गर्वले आँखा रसाउँछ
जब गुन्द्रीमा आनन्दले मानिस रमाउँछ
तब म,
दैवसँग यस्तो जीवन बारम्बार माग्छु।
‘मन बझिन्छ’ कवितासङ्ग्रहबाट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला