ग्रीष्म ऋतु

अनिदा आँखालिएर

विहानीको चर्के घाम सहेर

कहिले वर्षाको पानीमा रूझ्दै

समयमा टुशन पुग्न

दौडन्छन् मेरा

यी स–साना पाउहरू ।

 

वन्दना गौतम (म्यान्मा)

अन्य भाषाले सिन्चेको

भूगोल, विज्ञानका कुराहरू

देश–विदेश र गणितका विषयहरू

सुगा सरी रटन लाएर

मेरो सानो दिमाग अनि

हृदय स्थलमा

हुलाकका इस्टेम्प सरी

सालभरका पढाइको

छाप लगाउँदै आएको छु ।

 

जब शिरशिर ऋतु आउँछ

थोरै डराएको हुन्छु

हातगोडा थरथर गरेको अनुभुतिलिँदै

सुनसान त्यो परीक्षा कक्षा भित्र

वरिपरि घुमिरहने शिक्षकको

सुस्त सुस्त आएको पदचाप,

मुटुको धुकधुकी र

स्वास प्रस्वासको द्वन्द्वमा

थरथर काप्दै गरेका हातहरूले

मेरा हृदयमा गाबिएका

इस्टेन्पहरू एकएक गर्दै

झिकाएर

स्वेत खालीपानाभरी

छाप लगाए पछि

पुनः अर्को ग्रीष्म ऋतुले

नयाँ कक्षामा लाने तयारीमा हुन्छ

तर पनि म भने

ग्रीष्मको प्रतिक्षा हैन

वसन्त ऋतु नै प्यारो लाग्छ ।

साल भरको थकान मेट्न,

विदामा दिनभरी

साथीहरू भेलाभएर म्स्ति गर्ने

रहरहरू फुलाएको  हैन,

अहँ यस्ता इच्छाहरू

मैले फलाएकै  छैन ।

 

उच्च शिक्षाको चकाचौंत

भन्दा पनि पर

त्यो जुनको शीतल छहारी पाइने

वसन्तको प्रतिक्षामा हुन्छु म ।

 

सालभरी जीवनमा

सधैँ वसन्त ऋतु नै ऋतु

छाइरहोस्

आएको वसन्तले ग्रीष्म हैन

वसन्त नै ल्याईरहोस् झैं लाग्छ ।

किन कि जब वसन्त छाउँछ

सप्तरङ्गी इन्द्रेणी

म्यान्माका नेपाली नानीहरू

कापीकलम लिएर

आफ्नो गाउँ ठाउँमा भएका

मन्दिरको प्रागणमा

धर्मशिक्षाको नाममा

मौलिक मूल्य र मान्यता,

संस्कृति र सभ्यता,

सामाजिक अनि नैतिकशिक्षा

मातृभाषा साहित्यको पनि

अध्ययन गर्ने गर्छौं  ।

हो, मेरो बोली भाषामा

नेपाली साहित्यको

अध्यापन अनि अध्ययन हुन्छ ।

 

हो, मेरो मातृभाषा अध्ययन गर्ने

यो वसन्त विदाले

कहिल्यै ग्रीष्म नल्यावस् झैँ लाग्छ ।

तर साहित्य अध्ययनले मात्र पनि

कति पर्याप्त होला र

सबै विषयको विज्ञ नभए पनि

ज्ञाता बन्नु छ ।

कहिले काँही म सोच्छु

सालभर मातृभाषा

अध्ययन गर्नपाए कस्तो हुँदो हो ।

विज्ञान, भूगोल गणित र

साहित्यहरू आफ्नै नेपालीमा पढ्न पाए

कस्तो हुँदो हो

हुनत भारतका राष्ट्रपति वैज्ञानिक

अब्दुल कलामले पनि

यही भन्नु हुन्छ–

‘आफ्नै भाषाबाट पढे जति

अन्य कुनै भाषाले तृप्त बनाउन सक्दैन’

त्यसैले अन्य देशमा

भाषा मान्यताकै लागि

कति होमिए, आहुति बनेर

फाटक, लोकसभा हुँदै

संसदभवनसम्म नारा बोलेको

न्यायायल खट्खटाएर

भाषाले मान्यता पाएको

सुनेको छु मैले ।

 

त्यसैले म सोच्छु

हाम्रो भाषाले

सबै विषय पढ्न पाए

कस्तो हुँदो हो ।

हाम्रो भाषाले मान्यता पाए

कस्तो हुँदो हो ?