अचम्म छ! खै किन हो किन?
मन बेसरी भड्किन थालेको छ
हिजो जे थियो, आज त्यो रहेन
हिजो जस्तो आज हुँदै भएन
चारैतिर सन्नाटा छाएको छ
क्रूरता जकडिएको छ, मानसपटलमा
भावना दबाइएको छ, रिक्त हाँसोले प्रश्रय पाएको छ
जीवनको रौनकता त्यसै त्यसै हराएको छ
गलत तत्त्वको बिगबिगीले
दुर्वलताको गन्ध आइरहेछ
सर्वत्र अन्धकार छाइरहेछ
त्यसैले त, अचम्म छ!
बिना कमिसन ढलेको सिन्को ठाडो हुँदैन
सुकर्मको नामोनिसान कतै भेटिदैन
चारैतिर झुसिलकिराहरु मडारिइरहेछन्
कोमल मनमुटुहरु छियाछिया पारिरहेछन्
सबल मस्तिष्कहरु त्राहित्राहि छन्
अनुकूल वायु बिना छट्पटाइरहेछन्
टाढा-टाढाबाट चिहाइरहेछन्
यति हुदाहुँदै पनि, अचम्म छ!
आँसु र पसिनाको मूल्य नबुझ्नेहरु
भावना मरिसकेका, चेतना गुमाइसकेका
अस्तित्वहीन मपाईंहरु
अस्तित्वरक्षाको लडाइँ लडिरहेछ्न्
समानताको राग अलापिरहेछन्।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला