साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रियतमा प्रति

कविता

Chovar Blues Mobile Size

यो मन मनोमानी गर्छ
सबैथोक जानीजानी गर्छ
थाह छैन, लाभ कि हानी गर्छ
के कहानी यो जिन्दगानी भर्छ।

भावको अभाव छैन
अभावको भाव निष्प्रभाव छैन
स्वभाव, स्व-भावमा छ कि
कसैको प्रभावमा छ?
थाह छ/थाह छैनको भावमा छ।

दबाब छैन तर दबदबा छ
तिम्रा यादहरूको, यो मन मस्तिष्कमा।

न देखेको, न भेटेको तर किन
तिम्रै स्वैर कल्पनाले यो मन रेटेको?

स्निग्ध सगरमाथा झैं तिमी खडा छ्यौ
म कुनै तेन्जिङ हैन,चढ्न र उत्रनलाई
म त आजीवन आरोही तिम्रो उचाईको
अन्त्य नहोस् यो चढाई, बरू निभोस् दियो ‘जीवन बचाई’को

चढिसकेपछि चढाई बाँकी रहन्न
पढिसकेपछि पढाइ बाँकी रहन्न।

sagarmani mobile size

शिखर टेक्न ‘एक इन्च मात्र बाँकी’ को प्यासमा
त्यो बिन्दु चुम्ने अविराम-अथक प्रयासमा
यो जीवन बरू बितिजाओस् सारा
तर, बगिरहोस् अनन्त प्रीतको धारा।

म आजीवन आरोही तिम्रो ‘अग्लाई’को
तिमी स्निग्ध, कञ्चन, सुकुमारी मेरी प्यारी ‘चोमोलङ्गमा’
म तिमीसँगै अग्लीरहन पाऊँ
तिमीसँगै पग्लिरहन पाऊँ
निरन्तर निरन्तर… !

धनुषाधाम नगरपालिका -४, सर्सा, धनुषा

प्रतिक्रिया
Loading...