सहारा दिँदैनौँ भो भयो
छहारी दिँदैनौँ भो भयो ।।
म यस्तो नि साथी रोज्छु र
उसैका पछाडी कुद्छु र ।।१।।
म रोएँ, म हाँसे के भयो
तिमी हौ त ढुङ्गा के भयो ।।
तिमीबाट टाढा लम्कँदै
म तारा सरी भै चम्कँदै ।।२।।
हरायौ अघायौ आफुमा
करायौ डरायौ, सामुमा ।।
तगारो लगायौ आज त
बचाए कसैले बाँच त ।।३।।
नठाने बिकामे दास हुँ
तिमीभित्र चल्ने सास हुँ ।।
अझै के छ त्यस्तो आश र ?
दिने के छ तिम्रो पास र ।।४।।
म हिँड्दा-नहिँड्दै अल्झिएँ
म मिल्दा-नमिल्दै बल्झिएँ
छ जोडा-बिजोडा अर्थ छ ?
बिनाग्रेम कस्तो मर्म छ ।।५।।
बुझे सार हो खै साधना
झुटो प्रेमको छ चाहना ।।
छली दुष्ट सारा के भयो ?
छु साँच्चै, म सच्चा हो भयो ।।६।।
000
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला