हिमाल झुक्छ तराईतिर, सुनाउन पहाडको कहानी
पहाड जवान हुँदा, तराईको बल्छ सुन्दर जवानी।
चोइटाएर खसाउँछ, बादलको आँशुले पहाडको आङ
त्यही आँशुको खोलाले तराईको डुबाउँछ कोमल जाङ्ग
उडाउन खोज्छ, हिमालको हावाले तराईका ती सुन
के हेरी टोलाएको, क्षितिजमा बसेर डाँडाको ए जून।
लोभिन सक्छ तन्नेरी घाम तराईको सुन्दरतामा
भेट हाम्रो हुनसक्छ, पर्खी बस पहाडको टुप्पोमा
मै माया लाउँला, तिम्रै आँगनमा ए तराई झुकेर
उकालो चढी आउनुपर्दैन, तिमी मलाई सम्झेर।
हिमाल झुक्छ तराईतिर, सुनाउन पहाडको कहानी
पहाड जवान हुँदा, तराईको बल्छ सुन्दर जवानी।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला