साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

अहोभाव

कविता

Chovar Blues Mobile Size

कतै टाढा टाढा
धिप् धिप् धिप् धिप् झुल्किन्छ बत्ती
देखाउँछ बाटो
झल्काउँछ, सुन्दरता धमिलो धमिलो
कहिलेकाहीँ
जुनकिरी भै वरिपरि घुम्छ
भन्छ म तिम्रै यात्राको सहाय हुँ
म तिम्रै एक अवयव हुँ
बिहानीको नव-नव खबर हुँ
तिम्रै मनको गहिराई हुँ
भरिदिन्छ भाव रसिलो रसिलो ।

कहिले छायाँ भै साथसाथ डुल्छ
म तिम्रा सही गलत कर्मका साक्षी हुँ भन्छ
अहो ! यो प्रेम के हो ?
यस्को मैदान कति विशाल
यस्को स्वतन्त्रता कति अपार
स्वयं नै स्वयंसङ्ग अलग हुन पनि पाएको छु
अब म आफ्नै स्वरुपमा फर्कन्छु भन्दा
हृदयमा जीवनप्रति अटल श्रद्धा
अनि उस्कै बलियो आभाष पाएको छु
यसमा मैले फोहोरमा डुब्न पनि पाएको छु
अब उत्रन्छु भन्दा स्वागतको डुङ्गा पाएको छु ।

मैले बिना संघर्ष जीवन पाएँ
यो विराटसभामा सहभागिता पाएँ
यस सभाको गरिमा बन्न सकुँ
म तिमी भै तिमीमै रहन सकुँ
अहो ! यो प्रणय सौगात तिम्रो
हो यो जीवन मेरो
अघि बढुँ, अघि बढुँ ।

सुबास बजगाईं

प्रतिक्रिया
Loading...