नशाले ढलेँ म भट्टी रित्तिएन, सितनमा उनको याद थियो । पूर्णिमाको दिन चन्द्रमा हरायो, उनको साथको त्यो अन्तिम रात थियो । शब्दको शव भयो अर्थको अन्त्य, तिनै शब्दबाट शुरु भै तिनै अन्तिम बात थियो । मायाको अर्थ गजबले बुझेँ मैले, माया नै माया लटरम्म फलेको बोटको चुरो घात थियो।