

जनता र राष्ट्रको अभिभावक हो सरकार
समृद्धि र विकासको आधार बन्नु पर्छ
भ्रष्टाचार र बेथितिमा होइन
चहराइरहेको कोरोनामा मलम बन्नुपर्छ ।
स्वास्थ्य सामग्री खरिदको नाममा घोटाला गर्दै
विरोधीपति आक्रोश पोख्ने होइन
विरोधबाट गल्तीको पाठ सिक्दै
जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्नुपर्छ ।
कोरोनाको उपचार नगर्ने अस्पतालहरूलाई
कानुनअनुसार कार्बाही गर्नुपर्छ
बिरामीहरूलाई घर फर्काउने होइन,
उनीहरूको बिमारलाई निको पार्नुपर्छ ।
कोरोनाले विश्व हल्लाइरहेको अवस्थामा
कोरोनाका रोगीहरू ट्रेस गर्नुपर्छ
रोगीहरूको अपहेलना होइन
नेपाल सरकार उनीहरूको बाँच्ने आधार बन्नुपर्छ ।
(क्याम्पस प्रमुख, बिएसटी कलेज, काठमाडौँ)




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू