![](https://sahityapost.com/wp-content/uploads/2021/05/santosh-raj-bhatta.jpg)
सन्तोष राज भट्ट
सूर्य र चन्द्र दुवै हराइरहेको बेला,
यता सारा अन्धकार छ ।
लाग्छ ताराहरू पनि कसैको खोजीमा छन्,
म आफैँ हराएर खोजिरहन्छु,
म आफैँ डराएर खोजिरहन्छु ।
यो रातले पनि मलाई साथ दिन्न ।
सुनसान यो रातमा हराएकाहरूकै खोजी हुँदो रहेछ ।
प्रकृतिले आफ्ना रङ्गहरू बिर्सेका बेला, बादलहरूलाई आदेश आएको छ ।
न बर्सिन, न गर्जिन, त्यसैले केवल घुरिरहन्छन् ,
चुपचाप, घनघोर, अजङ्ग कालोनिलो अनुहार बनाई ।
मलाई आदेश आएको छैन तर पनि चुपचाप छु, मौन छु ,
मनमा अनेक गर्जनहरू छन् तर बर्सिँदैनन ।
गर्जने मेघ बर्सिँदैन यहीजस्तो लाग्छ ।
एक दिन आयो, बादल बेस्सरी गर्ज्यो अनि बर्स्यो,
आकाश हलुङ्गो भयो, प्रकृतिले फेरि आफ्नो रङ्गहरू पाए ।
एक रात आयो, मन बेस्सरी गर्ज्यो अनि आँखा बेस्सरी बर्से,
शरीर हलुङ्गो भयो तर जिन्दगीले त्यो रङ्ग पाएन ।
हाँसेको सम्झेर रुनु, रोएको सम्झेर हाँस्नु
हररात एक्ला एक्लै केही बात गर्छन् ।
जिन्दगी हो जिउनु छ अनि स्विकार्नु छ,
हर आउने हरू एक्ला एक्लै हराउने गर्छन् ।
महेन्द्रनगर कञ्चनपुर
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)