
डा.कालु शर्मा सुबेदी
१. मेरो मायाँ
म
मेरो
दिलले
तिमीलाई
कति मायाँ गर्छु
मेरो मुखले त भन्नै
सक्दिनँ । पसलमा देखाउने
वस्तु जस्तो देखाउन नि सक्दिनँ ।
छाती खोलेर देखाऊँ कि, गुन्जिएको छ
मायाँ कसरी ? नपत्याए मेरो मुटु चिरेर हेर,
तिम्रै चित्र सजिएको छ । मेरोे मायाँ सागरको मुटुबाट
उम्लेको तरङ्गजस्तै हो । मेरो मुटुको ढुकढुकी पनि त तिम्रै
मायाँको तरङ्ग हो । बुझ्नेलाई यो मायाँ कहिले नसुक्ने
सागरसरि गहिरो छ । डुबी हेर मायाको सागरमा,
जति डुब्यो उति गहिरो छ । मायाँ आँखाले
होइन मुटुले मुटुलाई छामेर चिनिन्छ ।
कस्तो हुँदो रहेछ यो मायाँ बुझ्न
मुटुभित्रै पसेर हेर्नुपर्छ ।
मायाँ बुझिन्छ हेर
जब एकदिन ऊ
मरेर जान्छ
परलोक ।
आउँछ
याद
ऊ
।
२. टोपी
के
राजा
के प्रजा
के मन्त्रीहरू,
सबको शिरमा
ढाकाटोपी र जिउमा
दौरा सुरवाल र कोट कति
सुहाउने । यही हो नेपालीहरूको
शान र पहिचान विदेशमा जाँदा देखाउने ।
विदेशीको शिरमा पनि ढाकाटोपी कति सुहायो ।
नेपाली टोपी जति प्रवास गए, रङ्गीबिरङ्गी नयाँ टोप,
टोपीहरु कहाँबाट आए ? ह्याट र उल्टो क्याप लगाउने चलन
त नेपालमा थिएन कहाँबाट आयो ? मुडुला टाउके नेताहरूले पनि
नेपाली टोपी नलगाउने यो संस्कार कहाँबाट आयो । कालोटोपी
लगाउनेलाई उहिले काला काङ्ग्रेस भन्थे, अब सबैले त्यही
लाउने भए । के काला काङ्ग्रेस के सेता कम्युनिष्टहरू,
सबै भ्रष्टहरू उस्तै कालै काला भए । फाटेको
टोपी र चप्पल लाउने मान्छेले भाषण
गर्न के जानेका थिए ति सबै ठूला
नेता भए । सुटबुटमा सजिने
नेताजीहरू ! कमसेकम
राष्ट्रियता देखाउन
भए पनि त्यो
ढाका टोपी
त लाइ
देऊ
न !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

