घाम झुल्किएको छैन
औँशीको रात; उष्णताको प्रकोपबीच
एक बहादुर
कालो भादगाउँले टोपीमा
आफ्नो इमान बचाउँदै
हिँडिरहेछ, सोध्दै “साबजी, नेपाल जाने बाटो किदर है?”
र, आफ्नै अगाडि उभिएको बहादुरलाई
एकटक हेरिरहन्छ्न्- उसैले टल्काएका सेठ्का बुटहरु
जस्ले गरिरहेछन् क्षितिज पारिसम्मको इशारा
मानौँ बहादुरले बाटो होइन, विद्रोह खोजेको हो
तर पनि हिँडिरहेछ
बहादुर इसारालाई अनुवाद गरेर
ऊ हिँडिरहेछ
कालान्तर; स्वैच्छिक अनुवाद गरेर
सायद त्यसैले आजसम्म
उस्ले भेटेको छ केवल इसाराहरु
जो कहिल्यै सहारा बन्न सकेनन्
लामो दुरी तरेपछि
बहादुर कालो पहाड पुगेको छ
जहाँदेखि पर-परसम्म कोही बहादुरले माजो लामो गरी चङ्गा उडाएका छैनन्
अनि कोही बहादुरले डाँडोबाट चिच्याएको पनि सुनिएको छैन
सुनिएको छ त केवल
बहादुरको टोपी लिलाम गर्ने भुस्तिग्रेको “गोली मार्दुङा” वाला जवानी
अनि मनमानी
जस्ले बर्सेनि बहादुरको टोपीसँगै बहादुरलाई लिलामीमा सुताइरहेको छ
र बढाइरहेछ आफ्नो अजङ्गको शरीर
विडम्बना आजसम्म अबोधगम्य बहादुरले
बुझ्न सकेन दुष्टचरित्र
ऊ नतमस्तक चेतनामा कम्पन ल्याउन सकेन
बैरी खेलिरह्यो डन्डी बियो; एरी दोरी गर्दै हजारौं हडपी लियो
बहादुर गाइरह्यो विरह गीत “नेपाल जानु थियो” !
(विद्यार्थीः १२-(एसओएस हर्मन माइनर विद्यालय, सानोठिमी)
स्थायी ठेगाना: वीरेन्द्रनगर सुर्खेत
हाल: सानोठिमी, भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।