जलाई नसोध मुटुमा, मेरो घाउ कहाँ छ ? आँसुमा सधै मेरो, तिम्रो माया कहाँ छ ? तिमी थियौ जीवनमा, नसोध, अरु साथी कहाँ छ ? एक्लो छु यो घरमा, तिम्रो तस्बीर कहाँ छ ? कति कुरा गुम्सिए होलान मुटु मेरो कहाँ छ ? पर्खेर तिमीलाइ, भुलेर मायालाई बाच्दैछु आज यहाँ लेख्दै छु यो गीत तर नसोध यहाँ ”भाव” कहाँ छ ?