
न सक्छ ऊ जबरजस्ती उठाउन चन्दा
न संगत छ उसको कुनै कुण्डले र गुण्डा
विश्वास गरुँ म कसरी कसैले यो भन्दा
कि मेरो साथीले समायो राजनीतिको झण्डा ।

डा. वीरेन्द्र केसी
न विगत छ उसको एउटै कक्षा पढेको बारबार
न गर्यो कैले अरुलाई अन्याय र अत्याचार
विश्वास गरुँ म कसरी उसले छाड्यो वफादार
खायो कसम राजनीतिको त्याग्यो सदाचार ।
न मुद्दा छ सार्वजनिक सम्पत्ति तोडफोड गरेको
न कुनै निहत्था छ कहिले उसको ज्यादतीले मरेको
विश्वास गरुँ म कसरी ऊ राजनीतिमा झरेको
रित्याउँदै ढुकुटी देशको आफ्नै झोली भरेको ।
न सक्छ ऊ बेच्न इमान न घात अन्तर्घात जान्दछ
न निर्लज्ज पचाउँछ भत्ता न सत्ता सबथोक ठान्दछ
विश्वास गरुँ म कसरी ऊ फगत कुर्सीकै लागि
पर्दैछ शरण विदेशीको हिँड्दैछ आशीष मागी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
