साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हावासँगै बग्ने बाध्यता

कविता

कस्ले भन्छ
टुक्रिएका बादलहरुमा
दुखाइ छैन भनेर!
उसको पनि आफ्नै दुखाइ हुन्छ
आफ्नो अस्तित्वका सुन्दर छविहरु मेटेर
बग्नु परेको छ हावासंगै
बादलको कथा र कविको व्यथामा
कुनै अन्तर छैन यहाँ
आमा भन्नु हुन्छ
“भो…बन्द गर्दे तेरा कलमहरु
कस्ले पढ्छ तेरा थोत्रा कविता”
इतिहास इतिहासमै सीमित भइगयो
वर्तमान आडम्वरमा हिँडि रहेको छ
आफ्नै इच्छा र आकाङ्क्षाहरुकै विशेषतामा
“त्ससैले बन्द गर्दे तेरा कलमहरु”
रगत पसिनाका छिटाहरुले
संचिएको हाम्रो वीरता
भिक्टोरिया क्रसद्वारा सम्मानित
पूर्खाहरुका वीरता
पुस्तकबाट च्यातिएका पाना मात्र भइसके
आजकल अधिकार खोज्नेहरुकै भिड छ
कस्ले गराउँछ
कर्तव्य र दायित्त्वका बोध
वर्षौँदेखि मगजहरु कुहिरोभित्र गुम्सिएका छन्
अस्पष्ट क्षितिजको घेराभित्र
“त्यसैले बन्द गर्दे तेरा कलमहरु”
यहाँ कविको भन्दा गफिको भाउ छ
यहाँ साहित्य भन्दा सत्ताको खाँचो छ
बादल झैँ बाध्य छ कवि
यहाँको परिभेष र परिस्थितिमा बाँच्न
त्यसैले यहाँ बादलको कथा अनि
कविको व्यथामा
कुनै अन्तर छैन ।।

 

सम्बन्धित पोस्टहरु

हावासँगै बग्ने बाध्यता

म्यान्मा

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...