बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवनजगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप, दृष्यछटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक
बनाएर बाछिटा रचना गरिन्छ ।

बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्ने वा उत्कर्षतिर लानुपर्नेछ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्य हुनुपर्नेछ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमानुसार हुनुपर्नेछ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिनेछ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजका सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि वा पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य हुनेछ ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ  गते प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै अनेकौँ ग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्ज कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपोस्टको यस “बाछिटा प्रकाशनमाला-१” मा यसपटक  बाछिटा अभियन्ता खगेन्द्र बस्याल, वरिष्ठ विद्वत् सर्जकद्वय डा. घनश्याम परिश्रमी र डा. नारायण गैरे, वरिष्ठ कवि कलानिधि दाहाल र प्रसिद्ध युवा सर्जक स्पन्दन विनोदका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएको छ । यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत दरिने छन् ।

                             -अमर त्यागी

पाँच सर्जकका बाछिटाहरू        

१. खगेन्द्र बस्याल

खगेन्द्र बस्याल

उनैका
बुद्धता झल्को
जूनैका

प्रयत्न
सफलताको
संयन्त्र

सुक्खाको
आशाको खेती
दुःखको

जालीमा
दम्भद्वेषको
लालिमा

हौवाको
कुरा नेतृत्व
कौवाको

चीत्कार
चोटको तोड
उजार

समय
चुनौती गति
निर्भय

भरको
शीतल छाया
नरको

दुर्जन
साथमा काँडा
ऐँठन

चातुर्य
चेतना बास्ना
माधुर्य

भुलेन
रोषले घाम
खुलेन

अछुतो
आगाको खेल
पछुतो

<><><><><>

२. डा. घनश्याम न्यौपाने ‘परिश्रमी’

डा. घनश्याम न्यौपाने परिश्रमी

उधारो
पछिका लागि
तगारो

सिकार
मानसिकता
विकार

स्वीकार
मन पर्नाको
आधार

चाहना
मनभित्रको
बहाना

पग्लनु
कोमलभाव
दर्सिनु

पुजारी
आशाको खेती
भिखारी

शीतल
शान्ति लुकेको
महल

सगर
नदीविनाको
बगर

उपाधि
उत्साह बाँड्ने
समाधि

कुमारी
हुर्केको बोट
चिनारी

सकिलो
मान्छेको मन
धमिलो

सौजन्य
आत्मीयताको
पर्जन्य
<><><><><>

३. डा. नारायणप्रसाद गैरे

डा. नारायणप्रसाद गैरे

नखरा
फूलको साथी
भमरा

प्रकृति
नष्ट गर्दै छ
विकृति

बादल
बजाउँदै छ
मादल

नेपाल
रहस्यमय
भुपाल

ममता
भवमा मिठो
समता

कोपिला
मायालुजस्तै
हँसिला

पिरलो
दूधको साक्षी
बिरालो

पूर्णिमा
चन्द्रकलाको
सुषमा

शोषित
वातावरण
दूषित

फूल छ
मुस्कानभित्र
शूल छ

कल्पिन्छु
जून देखेर
तड्पिन्छु

सलह
त्यसकै साथी
सलह
<><><><><>

४. कलानिधि दाहाल

कलानिधि दाहाल

भिरालो
जीवनगति
ओह्रालो

तुफान
गतिको भाव
उफान

फलित
मनका मान्छे
ललित

भुमरी
घुमेको जल
पगरी

लहरो
जीवन वन
पहरो

फलेको
विनम्र वृक्ष
नुहेको

गाजलु
जुनेली परी
लजालु

लालिमा
नभमा मेघ
कालिमा

समीर
शीतल ज्यान
अमिर

नीलाम्य
नव सुन्दर
धीरता

अम्लान
भावको फूल
सम्मान

हरिया
पातका रेसा
प्रणय
<><><><><>

५. स्पन्दन विनोद

स्पन्दन विनोद

मायालु
मान्छेको सोच
विषालु

झुटको
हल्लामा भन्दा
सुटको

आकाश
ढाक्दैन किन
विनाश

स्वच्छता
कानुन भयो
बेपत्ता

सम्बन्ध
दोहन गरे
दुस्मन

जीवन
सुवासमय
कानन

कोरोना
व्याधि बिस्कुन
बाटामा

विधान
विवेक काल
रछ्यान

हर्षको
सौन्दर्य नव
वर्षको

बेकार
तापमा बाँच्नु
लाचार

गुटले
नुसाफ ढल्यो
गुटले

जलन
आहरिसको
चलन
<><><><><>