साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- छोरी भएको भए

Chovar Blues Mobile Size

 

प्रल्हाद ढकाल

नचाहंदा नचाहंदै पनि
खेलिने थिए म
मसिना सुनका
नेल र सिक्रीहरुमा झेलिने थिएँ म

पीपले भरिएको घाउसरी
रन्किने थिएं म
पीरै पीरका झिंजाहरुले भित्रभित्रै
दन्किने थिएं म

अत्यासै अत्यासले
सन्किने थिएँ म
घर भान्छा र केटाकेटी भन्दै
एउटा कुनामा थन्किने थिएँ म

मेरै गाउँमा मेरै बा को
म छोरी भएर जन्मिएको भए ।

प्रतिक्रिया
Loading...