आदिम बस्तिहरुमा
तन्त्रले पाईन हाल्न नसके पछि
सगरमाथाको शिर नाघि आए
मृत सागरको नुनिलो पानी पिउन
तन्त्रले पाईन हाल्न नसके पछि
सगरमाथाको शिर नाघि आए
मृत सागरको नुनिलो पानी पिउन
अब
अधुरा सपनाका भग्नावशेश पन्छाएर
नयाँ सपना रोप्नु छ
आफ्नै पसिनाले सिन्चिनु छु
आमाका चिरा चिरा परेका पैतलामा मल्हम लगाउनु छ
कलेटी परेको ओठमा लालीगुराँस फुलाउनु छ
अझै कहिलेसम्म हो ?
आफ्नै उर्वर उमेर बेच्न
सगरमाथाको शिर नाघि
मृत सागरको नुनिलो पानी पिउन बाध्य हुनु पर्ने ?
चौराहा -१ , बाग्लुङ्ग
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला