गोपालकृष्ण डङ्गोल

हुर्रिँदै आए बैरी अचानक, हुरीझैँ तालिवान

सकेन गर्न प्रतिकार अन्तमा, हारे अफगान !

राष्ट्रको अध्यक्ष नै भइदिए, देशबाट फरार

जनताहरू अब कहाँ गई, गरून् हारगुहार?

बाँच्ने जिजीविषाले विमानभित्र, भीड गर्दै पसे

धक्कमधक्कामा बिचरा कोही, विमानबाटै खसे !

मारिने निरीह जनता नै हुन्, बिचराको के दोष?

अहंको मादले मन भाँडिँदा, हुन्छ कसको होस?

सुनिन्छ नेपालीहरू पनि धेरै, फसेका छन् त्यहाँ,

समाचार सुनेर गाउँघरमा, रुवावासी यहाँ !

युद्ध कत्ति पनि हैन है राम्रो, कसले बुझिदिने?

हतियार मतियार दुवै आफैँ, कसले सुनिदिने?

 

महाराजगन्ज, काठमाडौँ