राहुल

यहाँ
अर्थविनाका
सपनाको अर्थ छैन
सपना पूरा गर्ने
सोचभन्दा  पहिले
अर्थको अर्थशास्त्र
बुझ्नु पर्दो रहेछ ।
अर्थविनाका
अनेकौँ सपना
देखेर के गर्नु
जुन सपनाको
कुनै अर्थ हुँदैन
कुनै अर्थविनाका
सपनाले अर्थ पनि त
नदिने रहेछन् ।
सपनाको अर्थ
अर्थको सपना
यत्तिमै अल्झिरहेको
यो जिन्दगीमा
अब अर्थको सपना देखौँ
कि
सपनाको अर्थ खोजौँ
अर्थ सपना र
अर्थमै अल्झिएको
यो जिन्दगी
अर्थहीन र अर्थविहीन भयो ।।