आर. एन. मौनिक

हानेकै हो नगारा
तिम्रो आस्था जोगाउन
गरेकै थिएँ बढाइ
तिम्रा हरकार्यमा
ठोकेकै हो थामी नागारा
तिम्रो मान-सम्मानमा
गरेकै हुँ  पढ्छौ नि
मैया साहेव भित्त्याउदा
तिम्रा हरेक कार्यमा
तिम्रै कलाउत
सदैव सरिक थिएँ
दमाहा बोकेरै
तिमीभन्दा अघि ।
आस्था, सम्मान
र समाज नरहेपछि
दमाहा फुट्ने गरेर
ठोक्दै छु उल्टो बाजो।
बझाङ्ग