यो
साँझ
गोधूलि
तिम्रो बाटो
हेरि ~ रहने
पारि आकाशमा
लालिमाले छाएको
हरियो देखिने वन
छाँया परेर अँध्यारो भो
अब सामु छ त्यो अन्धकार
अन्धकार भन्दा गोधूलि
असाध्यै रमाइलो छ
चौतर्फ ~शङ्खनाद
घण्टीको ध्वनि छ
घामको रङ्ग
पहेँलियो
छनिक
रमेँ
म ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला