

मिलन बोहोरा (असम)
शीत
म
शीत
सदृश
चिस्याउन
चाहन्छु पृथ्वी ।
चाह ~छैन~बन्न
महासागर~ सिन्धु
सरिता~बाढ या झरी।
निःशब्द शीत बनी झर्छु
मुक्ताफल बनी आर्द्र पार्छु।
टल्किन्छु सौर्य किरणमा
कविको कलममा म
गीत बनी लुक्दछु ।
बाढ बन्दिनँ म
बिलाउँदिनँ
सागरमा
नदीझैँ
शीत
हौँ ।
युद्ध
भो
युद्ध
नगर ।
यता लास
उता उल्लास ।
कतै~ महामारी
चौतर्फ हाहाकार ।
बाँच्न देऊ मान्छेलाई
युद्ध होइन शान्ति देउ।
बारुदी ~ गन्धले ल्याउँदैन
रामराज्यको शान्तिवार्ता।
हे! युद्धोन्मादी शासक !
विनाश लक्ष्य हो र?
नब न कहिल्यै
रक्त पिपाषु
मर्ने आफ्नै,
फर्काऊ
शान्ति
ल !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

