अनगिन्ती विशिष्ट मानिसहरूको भिडमा

पृथक् विशेषता नभए पनि

तिमी विशेष लाग्यौं मलाई

नचाहँदा नचाहँदै मैले

सुषमा आचार्य ‘अंशु’

मेरो हृदयमा छाप्न सक्यौ

तिमीले आफ्नो पदचापको छाप

शब्दको माध्यमबाट

आवाजको तरङ्गले

गुन्जायौ अंगअंग

अनायासै तिमी बारम्बार

ठोक्किएर मेरो हृदयको भित्तामा

आँखाको भावले

मेरा भावनासँग जबरजस्ती

दोहोरी खेल्न बाध्य बनायौ

नजरको एक हेराइमा

हृदयका घाउ छाम्न सक्ने बनायौ

तिम्रो मुस्कान मेरो

भरोसाको मलमपट्टी बन्यो ।

 

त्यसैले आजकल तिमीलाई

खोजिरहन्छ यो मन

जब-जब भेट्छु तिमीलाई

बादलझैँ हुन्छु म

बालकझैँ हुन्छु  म

रमाएर बेपर्वाह नाच्छ मेरो मन

आफैँलाई बिर्सेर बेपर्वाह

नटराजझैँ हुन्छु

लाग्छ जिन्दगी एकपटक

फेरि आफ्नै लयमा फर्किएकोछ

मरूभूमिमा वर्षा भएको जस्तो

नवीन आशाहरू पलाएका छन्

हृदयमा खुम्चिएका रहर फैलाउँदै

आकाशमा कावा खान मन छ चरीझैँ

नढाँटी भन त प्रिय

के तिमीलाई पनि मलाईजस्तै हुन्छ ?

 

थिमी, भक्तपुर