म छर्न सक्दिन कहिल्यै,
अविश्वासका बिउहरू,
स्वयंभुका दुईवटा आँखाहरूमा ।
हेर्न चाहन्नँ म,
टुक्रिएकाेे परिचय र भावना,
प्रत्येक नेपालीका मनहरूमा ।
हार र जितकाे खेलमा,
एउटा नेपालीले हारे पनि,
मेरै अस्तित्व घटिरहेछ ।
रंग र वर्ण फरक हाेला ।
ईच्छा र आकांक्षा फरक हाेला ।
म जे भए पनि, जहाँ रहे पनि,
मेराे रगतमा काेशी र गण्डकी बगिरहेछ ।
म हेर्न सक्दिन आज,
टुक्रिएर सपना छरिएका दृश्यहरू ।
म धान्न सक्दिनँ हरेक हृदयका,
वेदना र चित्कारका तुफानहरू ।
सम्पूर्णता चाहिन्छ मलाई आज,
नेपाली मनहरूमा ।
अविश्वास र वेदना हाेइन,
उत्साह र उमंगकाे सगरमाथा चाहिन्छ ,
प्रत्येक नेपालीका ढुकढुकीमा ।
बर्दघाट, नवलपरासी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
