सत्य राम कासिछ्वा

आखिर संसद् केका लागि
जनता माझ गरिएका वाचा
आज कुन स्वार्थले बिर्सिएका छन्
आखिर संसद् केका लागि
बहुमत अल्पमत सरकारले
जनताको दैनिकी झन् कष्टकर बन्दै छन्
आखिर संसद् केका लागि
सरकार बनाउने र गिराउने खेलको
रङ्गशाला र रङ्गमञ्च मात्रै भो
आखिर संसद् केका लागि
विचार र नीतिको भएनन् राजनीति
सांसद् नै वस्तुझैँ खरिदबिक्री हुँदो रहेछ
आखिर संसद् केका लागि
जनताको दुःखपीडामा नि
फोहोरी खेलमा रमाउँदो रहेछ
आखिर संसद् केका लागि
विदेशी नेताले नि सम्बोधन गर्न पाउने
जस्तोसुकै विधेयक पनि ल्याउँदो रहेछ
आखिर संसद् केका लागि
अपहरण अपराध नि
माफी हुँदो रहेछ
आखिर संसद् केका लागि
जस्तो पनि गठबन्धन हुने
न नीति विचार मिल्दो रहेछ ।

सूर्यमढी -९, भक्तपुर